बुढानीलकण्ठ नगरपालिका भित्र अव्यवस्थित रूपमा पोलमा राखिएका केबल तारहरूले दुर्घटनाको जोखिम बढ्दै गएको हुदाँ यस नगरपालिका भित्र केबल तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले प्रयोगमा नरहेको केबल तार हटाई अव्यवस्थित रहेका केबल तारहरू सम्बन्धीत कम्पनिले व्यवस्थापन गर्नको लागि सूचना प्रकाशन गरिएको छ ।
तोकिएको समय पश्चात नगरपालिकाले अव्यवस्थित तारहरु हटाउने हुनाले सो क्रममा इन्टरनेट सेवा प्रदायक कम्पनीबाट उपलव्ध सेवा अवरुद्ध हुन गएमा नगरपालिका जवाफदेही नरहने सूचनामा उल्लेख गरिएको छ ।
साथै आफ्नो टोलमा अव्यवस्थित रुपमा केवलतार रहेको भएमा नगरपालिकालाई सो को सुचना दिनुहुन सम्बन्धित सबै नगरवासीहरुमा नगरपालिकाले अव्हान गरेको छ ।