
बुढानीलकण्ठ नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले सामजिक सुरक्षा भत्ता नविकरणको लागी भाद्र ११ गते देखी घुम्ती शिविर संचालन गरेको छ ।
शाखाले शिविर मार्फत अस्पतालको बेडमा रहेका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अपाङ्गता साथै वृद्धाहरुलाई घर-घर तथा टोलटोलमा गई वडा कार्यालयको समन्वयमा सुरक्षा भत्ता नविकरणको आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
भाद्र ११ बाट सुरु भएको शिविरको पहिलो दिनमा वडा नं. ०३ र दोस्रो दिन (आज) वडा नं. ०४ का वडा अध्यक्ष र सदस्य सहित शाखाका कर्मचारीहरु लाभग्राहीहरुको घर-घरमा पगु सहजिकरण गर्नुभएको थियो ।
उक्त शिविर प्रत्येक वडा-वडामा भाद्र मसान्त सम्म निरन्तर संचालन हुने भएकोले आ-आफ्नो वडामा सम्पर्क राखी शिविरबाट लाभ लिनुहुन नगरवासीहरुलाई शाखा प्रमुख चन्द्रमणी पाण्डेले अनुरोध गर्नुभएको छ ।