प्रसूती आमा र नवजात शीशुलाई हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ बुढानीलकन्ठ नगरपालिकाले “प्रसूती न्यानो झोला” तयार गरेको छ ।
नगरपालिका, रोटरी क्लब र चिल्ड्रेन केयर नेपालको सहयोग र सहकार्यमा अपग्रेड गरि तयार गरिएको झोलालाई आज तिनवटै संस्थाले संयुक्त रुपमा बुढानीलकण्ठ जनस्वास्थ्य महाशाखाका नर्सिङ् निरिक्षक सम्झना कुँवरलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रसूती न्यानो झोलामा भर्खरै जन्मेका शीशुले लगाउने २/२ जोर पेटी भोटो, दौरा भोटो,टोपी तथा न्याप्किन, युरिन म्याट र सुत्केरी आमाले लगाउने गाउन १ थान राखिएको छ ।
यस अघि तयार भएको झोलालाई थप अपग्रेड गरी आफ्नै स्थानीय उद्यमीहरूलाई शिशु र सुत्केरी आमाले लगाउने कपडा र झोला सिलाउन लगाएर तयार गरेको उपप्रमुख अनिता लामाले जानकारी दिनुभएको छ ।
यो झोला नगरपालिकाको बुढानीलकण्ठ स्वास्थ्य चौकि र चुनिखेल स्वास्थ्य चौकिका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी भएको आमालाई प्रदान गरिन्छ ।
आज भएको हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, सामाजिक समिति संयोजक शान्ता ढकाल पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, जनसवास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, नर्शिङ निरिक्षक सम्झना कुँवर रोटरी क्लब अफ काठमाडौं मेट्रोका प्रेसिडेन्ट देवराज अधिकारी, रोटरी क्लब अफ काठमाडौं मेट्रोका भाईस प्रेसिडेन्ट अर्जुन कुमार श्रेष्ठ, रोटरी क्लब अफ काठमाडौं मेट्रोका अन्य पदाधिकारी; शशी सत्याल, सञ्जय कुमार अग्रवाल, बानिक राज अधिकारी लगायत चिल्ड्रेन केयर नेपालका अध्यक्ष रोज प्रधान तथा जनस्वास्थ्य महाशाखा अधिकृत द्वय प्रतिमा खरेल र उपमा दहालको उपस्थिति रहेको थियो ।