नीलकण्ठ युवा समितिले भाद्र ०४ गते वडा नं. ०४ पासिकोटमा प्रथम नीलकण्ठ नगर स्तरीय फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको प्रतियोगितामा शिवपुरी यूथ क्लब विजयी भएको छ । अन्तिम प्रतिस्पर्धामा शिवपुरी यूथ क्लबले रेभ क्लबलाई पराजित गरी उपाधि जितेको हो । निर्धारित समय सम्म दुवै टिम बिच २-२ गोलको बराबरी भएपछि प्रतियोगिताको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाका १३ वडाका युवाहरूले सहभागिता जनाएका प्रतियोगितामा २१ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको सफल आयोजना गर्न सहकार्य गर्ने सबैलाई समितिका अध्यक्ष सुशान्त भण्डारीले धन्यवाद समेत दिएका छन् ।

प्रतियोगितामा युवा खेलाडीहरूको उत्साह र मनोबल बढाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाई मन्त्री माननीय श्याम बहादुर खड्का, बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, तथा १३ वटै वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मन्त्री पौडेलले खेलकुद र कसरतले शारीरिक स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै, मानव जीवनमा खेलको विशेष स्थान रहेको बताएका छन्। साथै, उनले यस्ता महत्त्वपूर्ण खेलहरूको आयोजना गरेर युवाहरूमा जोस र जाँगर थपिदिएकोमा नीलकण्ठ युवा समितिलाई धन्यवाद दिए ।

प्रतियोगिताको विजेता समुहलाई बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाई मन्त्री माननीय श्याम बहादुर खड्का, नगर प्रवक्ता नवराज भट्टराई लगायत वडा नं ०४का जनप्रतिनिधि, पूर्व वडा अध्यक्ष राजु खड्का र नीलकण्ठ युवा समितिका पदाधिकारीहरुले शिल्ड मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय