बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ मा रहेको नीलकण्ठ यूवा समितीको आयोजनामा प्रथम नीलकण्ठ नगरकप फुटसल प्रतियोगिता संचालन हुने भएको छ ।
वडा नं. ४, पासिकोटमा रहेको पासिकोट फुटसल मैदानमा भाद्र ४ गते प्रतियोगिता सुरुहुने आयोजकले जानकारी दिएको हो ।
बुढानीलकण्ठ नगरको स्थानीय खेलाडिहरु मात्र सहभागिता रहने उक्त फुटसल प्रतियोगिताको बिजेता टिमले नगद रु.३०,००० (तीस हजार) प्राप्त गर्ने छन् भने द्वितीय टिमले नगद रु.१५,००० (पन्ध्र हजार) प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडि, गोलरक्षक तथा टिम विधा तर्फ समेत पुरस्कारको व्यवस्था रहेको प्रथम निलकण्ठ फुटसल प्रतियोगितामा अन्दाजी ३५ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।