अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा, बुढानीलकण्ठ नगर युवा परिषद्बारा साउन २८ गते “युवा संवाद र उत्प्रेरणा” शिर्षकको प्यानल छलफल आयोजना हुँदैछ।

कार्यक्रममा आफ्ना उत्कृष्ठ अनुभवहरू आदानप्रदान गर्न प्रेरणादायी व्यक्तित्वहरू प्यानेलिस्टको रुपमा आउने आयोजकले जनाएका छन् ।

प्रख्यात लेखक तथा उपन्यासकार सुविन भट्टराई, मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ र FNCCI र IME Group का अध्यक्ष चन्द्रप्रसाद ढकाल युवा साथीहरू आपसमा भेट्दै शुभकामना आदानप्रदान गर्न र युवाहरूको रचनात्मकता तथा ऊर्जाद्वारा संचालित उज्यालो भविष्यको परिकल्पना गर्न प्रेरणादायी सत्रमा वक्ताको रुपमा उपस्थित हुने युवा परिषद् उपाध्यक्ष रूपेश भट्टराईले जानकारी दिनुभएको  छ ।

बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट सम्पुर्ण युवाहरूलाई यस कार्यक्रममा उपस्थितिको लागी आयोजकले अनुरोध गरेका छन् ।

कार्यक्रम दिउँसो ३ बजे देखी ताज प्यालेस, गल्फुटारमा संचालन हुन्छ ।

आफ्नो सहभागिता पुष्टि गर्न आयोजकले यस लिङ्क प्रयोग गरेर आफ्नो नाम दर्ता गर्न आव्हान गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय