
बुढानीलकण्ठ नगरपालिका अपाङ्गता अधिकार स्थानीय समन्वय समितिको आयोजनामा साउन २४ गते पिकोलो ईभेन्ट्समा अपाङ्गता अधिकार प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखाको समन्वयमा सञ्चालन भएको कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, सामाजिक विकास समिति संयोजक शान्ता ढकाल, समितिका सदस्य मेन्दोक शेर्पा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखा प्रमुख पुष्पा बम लगायत अपाङ्गता अधिकार तथा प्रवर्धन अभियानमा सक्रिय संघ-संस्थाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गत आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गताको क्षेत्रमा संचालन भएका कार्यक्रम तथा योजनाहरुको समिक्षा गर्दै चालु आर्थिक वर्षमा योजना तथा कार्यक्रमहरुको प्राभवकारी कार्यन्वयन सम्बन्धी छलफल भएको जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखा प्रमुख पुष्पा बमले जानकारी दिनुभयो ।
छलफलमा नेपाल अपाङ्ग महिला संघ, बाल अपाङ्ग टेवा संस्था, रीड नेपाल, न्यू सेडल, मार्लोस डे केयर सेन्टर, नेशनल ब्लयमिङ फ्लावर एडेकेडेमी तथा राष्ट्रिय कुष्ट प्रभावित कल्याण संघका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो।
कार्यकक्रममा उपस्थित समितिका संयोजक एवं नगर उपप्रमुख अनिता लामाद्वारा सम्पुर्ण कल्याणकारी संघ- संस्था तथा अपाङ्गताबाट गुज्रियता पनी समाजमा सकारात्मक उर्जा फैलाउन मद्दत गरिरहनुभएका व्यक्तिहरुप्रती धन्यबाद व्यक्त गर्दै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई दया र माया मात्र नभई सशक्तिकरण गर्दै लैजाने नीति ल्याएको जानकारी दिनुभएको छ ।
“हामी त्यस्ता व्यक्तीहरुलाई उद्यम, सिर्जना, व्यवसाय तता तालिम तर्फ उत्प्रेरित गर्ने तयारीमा छौं”, उपप्रमुखले जोड्नुभयो,” नगरपालिकाको यस अभियानमा सबैको समन्वय र सहकार्यको आवश्यकता रहेको हुनाले सबैले हातमा हात मिलाउँदै अघि बड्न जरुरी छ” ।
कार्यक्रममा विभिन्न संघ संस्थाबाट आउनुभएका व्यक्तीहरुले आ-आफ्ना संघर्ष र सफलताको कथाका केही हिस्सा सुनाउनु भएको थियो ।
कार्यक्रम सहजीकरणको भुमिकामा अपाङ्गता अधिकार स्थानीय समन्वय समिति सदस्य सुनिता थापाले गर्नुभएको थियो ।