सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धमा बुढानीलकण्ठ नगरपालिका वडा नं ०२ ले सार्वजनिक सूचमना जारी गरेको छ ।
सामाजिक सुरक्षा भत्ता नियमावली २०७६, को नियम (९) बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले मितिः २०८१ श्रावण महिना देखि भाद्र मसान्त भित्र नविकरण गरिसक्नु पर्ने भएकोले नविकरणको लागि आवश्यक कागजात सहित स्वयंम व्यक्ति नै वडा कार्यालयमा उपस्थित भई नविकरण गर्नु हुन सम्बन्धित सबैमा वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गर्नुभएको हो ।
आवश्यक कागजातः
• राष्ट्रिय परिचयपत्रको फोटोकपि-१ प्रति
• सामाजिक सुरक्षाभत्ताको परिचयपत्रको फोटोकपि – १ प्रति
• नागरिकताको फोटोकपि – १ प्रति नोटः बायोमेट्रिक बाट नविकरण हुने हुँदा भत्ता प्राप्त गर्ने व्यक्ति स्वंयम नै उपस्थित हुनुपर्ने छ ।