बालुवा उत्खनन, सङ्कलन तथा चोरी निकासी निषेध गरिएको सम्बन्धी बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र भएर बग्ने नदी, खोला, खहरे तथा खोल्साहरूमा वर्षाको समयमा बगेर आउने बालुवा तथा माटोजन्य पदार्थहरूको अवैध उत्खनन, सङ्कलन तथा चोरी निकासी हुन सक्ने र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य नगर्नु/नगराउनुहुन सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध गरेको हो ।

त्यस्तो कार्य गरे/गराएको पाइएमा बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० को दफा ९ को उपदफा (२), नगरपालिकाको आर्थिक ऐन, २०८० र अन्य प्रचलित कानुन बमोजिम जरिबाना तथा कारबाही हुने  सूचनामा उल्लेख गरिएको छ ।

कोही कसैले अवैध ढङ्गबाट बालुवा तथा माटोजन्य पदार्थ उत्खनन, सङ्कलन तथा चोरी निकासी गरे/गराएको पाइएमा नजिकको वडा कार्यालय वा नगर कार्यपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन समेत नगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय