बुढानीलकण्ठ, असार २८ गते । 

बुढानीलकण्ठ नगरपालिकाले आफ्नै दुध संकलन तथा विक्रि केन्द्र स्थापना गरेको छ । नगरपालिका र बुढानीलकण्ठ गाईपालन समुहद्वारा आर्थिक लागत साझैदारीमा दुध संकलन तथा बिक्री वितरण केन्द्र संचालनमा आएको हो । केन्द्र हात्तिगौडा चोक स्थित संचालित छ ।

दुध संकलन केन्द्रको २०८१ असार २८ गते (आज) एक औपचारीक कार्यक्रम मार्फत नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र गाईपालन समुहका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा उद्धाटन गर्नुभएको हो ।

नगरपालिका र गाईपालन समुह विच ५०-५० प्रतिशत लागत साझेदारीमा संचालन भएको केन्द्रमा नगरपालिकाको तर्फबाट रु. ५ लाख र समुहबाट रु. ५ लाख गरी कुल लागत रु.१० लाखमा उक्त केन्द्र स्थापना गरिएको पशु सेवा शाका प्रमुख ओमकुमारी गुरुङले जानकारी दिनुभएको छ । यस केन्द्र स्थापनाको लागी समुह र नगरपालिका विच २०८१ जेठ २९ गते सम्झौता भएको थियो ।

नगर भित्रका ४० जना गाईपालन व्यवसायीहरु आवद्ध रहेको यस केन्द्रले देनिक १ हजार लीटर दुध उद्पादन गर्ने अपेक्षा राखेको छ । डेरी पसलको अवधारणाका साथ संचालन भएको केन्द्रमा दुघ, दहि, घ्यू, चिज, नउनी जस्ता सामाग्रीहरु खुद्रा-विक्रि वितरण पनि हुन्छ । – धन बहादुर कार्की, अध्यक्ष- बुढानीलकण्ठ गाईपालन समुह

नगर प्रमुख मिठाराम अधिकारीले समुहलाई शुभकामना व्यक्त गर्दै दिर्घकालीन रुपमा यसलाई संचालन गर्दै लैजानुहुन अनुरोध गर्नुभएको छ ।

निकै संघर्ष पश्चात स्थापना गरिएको यस केन्द्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पुर्ण गाईपालन व्यवसायीहरुलाई समुहमा आवद्ध भई नगरकै गौरवको कार्यक्रममा सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । समुहमा काम गर्दा चुनौति र समस्या आईपर्न सक्छ त्यसैले कार्यसमितिको पारदर्शितालाई मध्यनजर गर्दै काम गर्नुहुन उपप्रमुख लामाले आग्रह गर्नुभएको छ ।

यस पश्चात सोहि केन्द्रलाई वैज्ञानीक रुपमा थप व्यस्थित गर्न चिस्यान केन्द्र तथा प्याकेजिङ दुध विक्रि वितरण गर्न उद्योग स्थापना गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख , उपप्रमुख सहित नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भुप्रसाद भट्टराई, वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०९ अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, प्रमुख प्रशासकीय अधिखृत तुल्सीराम अर्याल, नेपाल डेरी असोसिएसनका प्रलाद दहाल, पशु सेवा तालिम  केन्द्रबाट वाशुदेव नाथ, बुढानीलकण्ठ गाई पालन समुह अध्यक्ष धन बहादुर कार्की लगायत समुहका पदाधिकारी एवं स्थानीयहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय