बुढानीलकण्ठ नगरपालिकाको १४ औं अधिवेशनको पाँचौ बैठकबाट आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित भएको छ ।
नगरपालिका सभाहलमा असार २० गते बसेको बैठकबाट यस अघिका बैठकहरुमा पेश भएका आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तब्य उपर छलफल र सुजाब संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले आजको बैठकबाट पारित गर्नुभएको हो ।
नगर सभाले तयार गरी पारित भएको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेट ३ हर्ब २५ करोड रुपैयाँ रहेको छ ।
नगर अधिवेशनको तालिका अनुसार आगामी असार ३१ गते बैठक बस्ने गरी आजको बैठक स्थगन गरिएको छ ।