बुढानीलकण्ठ, असार ०५ गते ।

बुढानीलकण्ठ नगर सभाको १४ औँ नगर अधिवेशनको तेस्रो बैठक असार ०५ गते बसेको छ ।

नगर कार्यपालिका भवनको सभाहलमा संचालन भएको अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । राष्ट्रिय गान र सहिदहरूको श्रद्दा सुमन व्यक्त गरेपश्चात नगरप्रमुखले कार्यक्रम सुरू गर्नुभयो ।

१४ औं  नगर अधिवेशन जेठ २५ गतेबाट सुरु भएको थियो ।

आज तेस्रो बैठकबाट विषयगत समितिको प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

नगर उपप्रमुख अनिता लामाले आ.व. २०८०/८१ को आर्थीक सर्वेक्षणको संक्षिप्त विवरण र राजश्व परामर्श समितिको प्रतिवेदन गर्नुभयो भने यस वर्ष नयाँ अभ्यास थालनी गर्दै विषयगत समितिका सदस्य मार्फत प्रतिवेदन पेश गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

जसमा न्यायीक समितिको प्रतिवेदन समिति सदस्य विकास तामाङले प्रस्तुत गर्नुभयो भने अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन समिति सदस्य नविन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

साथै सुशासन समिति, विधायन समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिद्वारा आवश्यक सुधार संशोधन समेत प्रस्तुत गरिएकाे प्रगति प्रतिवेदन पेश भएकाे छ ।

अधिवेशनको चौथो बैठक असार १० गते बस्ने गरी बैठक स्थगन भएको नगर प्रमुखले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय