बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा दोस्रो वडा अध्यक्ष कप २०८१ सुरु भएको छ । वडाको आयोजनामा र बुढानीलकण्ठ राईट्स को व्यवस्थापनमा जेठ २५ गते (शुक्रबार) बाट उद्घाटन भएको कपमा फुटसल, बुद्धिचाल (चेस) र बास्केटबल खेलहरु समेटिएका छन् । यस कपमा विद्यालय स्तरीय प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।

कपको अवधारणा अनुसार चेस तर्फ पुरुष र महिला गरी ७ वटा विद्यालय सहभागी छन् भने फुटसल पुरुष तर्फ ६ वटा विद्यालय सहभागी भएका छन् । यस्तै महिला बास्केटबल तर्फ ५ विद्यालय सहभागी छन् ।

आयोजकका अनुसार सम्पुर्ण खेलहरु वडा नं ११ मा रहेको दिक्षालय स्कुलको प्राङ्गणमा संचालन हुने छन् ।

प्रतियोगिता जेठ २५ गते देखि १९ गते सम्म संचालन हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय