बुढानीलकण्ठ नगरपालिकाको मेड्पा कार्यक्रम अन्तर्गतको ३ महिने एडभान्स ढाका बुनाई तालिम समापन गरिएको छ।

तालिम कार्यक्रम माघ ४ गते देखि ३ महिने तालिम वडा नं ११ स्थित न्यू सेडलमा तालिम प्रदान गरिएको थियो।

यस नगरपालिकाका १३ वटा वडामध्येबाट छनोट भएका १० जना महिलाहरुले तालिम प्राप्त गरेका हुन्।

पछिल्लो आर्थिक वर्षमा मेड्पा कार्यक्रम अन्तर्गत ढाका बुनाईको २ महिने आधारभूत तालिम प्राप्त गरेका १० जनाले एड्भान्स तालिम लिएका छन्। तालिम प्राप्त गरेका महिलाहरुमध्ये १३ वटा वडामध्ये वडा नं १ बाट दुईजना, वडा ४ बाट एकजना, वडा ६ बाट एकजना, वडा ११ बाट चारजना, वडा १३ बाट दुईजना रहेका छन्।

तालिम प्रमुख प्रशिक्षकका रुपमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ७ बाट काइँली तामाङ्ग रहनुभएको थियो भने सहायक प्रशिक्षकका रुपमा न्यू सेडलका प्रकाश सुनुवार रहनुभएको थियो।

तीन महिनामा सो तालिममा सहभागी महिलाहरुले ढाकाको सारी ३५ थान, पच्छौरा ४ थान, ब्लावज ५० थान, टोपी १० थान, ब्याग ४ थान (८ मिटर) बनाउनुभएको छ।

तालिममा सहभागी महिलाहरुले बनाउनुभएको उक्त थान सारी/ ब्लाउजहरु यसै नगरपालिकाका महिला जनप्रतिनिधीहरुले उद्यममा महिलाहरुलाई अघी बढ्नका लागि प्रोत्साहन स्वरुप आफूले खरिद गर्ने उपप्रमुख अनिता लामाले जनाइएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, ९ वडाका वडाअध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, १० वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, ११ वडाका अध्यक्ष राजु अधिकारी, कार्यपालिका सदस्यहरु रामकुमार रोक्का, मेन्दोक शेर्पा, वडा नं ११ को सदस्यहरु गंगा परियार, समर बहादुर गुरुङ्ग, बालमाया श्रेष्ठ लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उक्त ३ महिने तालिमको समापन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय