
बुढानीलकण्ठ, जेठ २० गते ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा लागु औषध विरुद्धको १ हप्ते सचेतना अभियान सुरु भएको छ ।
वडा नं. १० को आयोजना र नमोवुद्ध ड्रग एण्ड अलकोहल ट्रिटमेन्ट एण्ड रिहाबिलिटेशन सेन्टरको आयोजनामा जेठ २० गते बाल उद्धार मा.वि. मा एक औपचारीक कार्यक्रम मार्फत वडा अध्यक्ष नवराज भट्टराई, कपन प्रहरी प्रभाग कपन प्रमुख नेत्र बहादुर कुँवर, वडा नं १० सचिव भोला ढूङ्गाना, नमो वुद्ध ड्रग एण्ड अलकोहल ट्रिटमेन्ट सेन्टरका अध्यक्ष निशान देउला, उपाध्यक्ष ओमकार विक्रम कुँवर, बाल उद्धार मा.वि. का प्रधानाध्यापक विनोद पण्डित, सञ्चारकर्मी सन्तोष लुईटेल, वडा नं ११ का निवर्तमान यूवा परिषद् अध्यक्ष सुजन लामा लगायत विद्यार्थिहरुको उपस्थितिमा उद्घाटन भएको हो ।
पछिल्लो समय समाजमा यूवा यूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको तथ्याङ्कलाई मध्यनजर गर्दै यस्तो अभियानको थालनी गरिएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको छ ।
१ हप्ता सम्म निरन्तर चल्ने यस अभियान अन्तर्गत वडाका विभिन्न विद्यालय, युवा क्लब, आमा समुह, महिला सञ्जाल, अभिभावक एवं शिक्षकहरु सँग बिज्ञ परामर्शदाताहरुद्वारा अन्तर्क्रियात्मक सचेतना सन्देश दिईने उहाँले बताँउनुभएको छ ।
कार्यक्रममा कपन प्रहरी प्रभाग कपनका प्रमुख नेत्र बहादुर कुँवरले विद्यार्थीहरुलाई लागु ठषद दुरुपयोग विरुद्धको कानुन र यसबाट सचेत रहने तरिकाहरुबारे वृष्तृत छलफल गर्नुभएको थियो ।
अभियानमा सहकार्य गरिरहेको नमोबुद्ध ड्रग एण्ड अलकोहल ट्रिटमेन्ट सेन्टर द्वारा आज मात्र बाल उद्धार मा.वि. र रिलायन्स पब्लिक स्कुलका ३ सय जना भन्दा बढि विद्यार्थीहरु सँग कार्यक्रम संचालन गरेका थिए ।
यस अभियाम मार्फत सक्दो बढि यूवा तथा विद्यार्थी माझ पुग्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष निशान देउलाले जानकारी दिनुभएको छ ।