‘उपमेयरसँग विपन्न’ कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा विपन्न परिवारहरुको अवस्था पहिचानका लागि अनुगमन गरिएको छ।
वडा नं ७ र ९ का गरि वडा चार परिवारहरुले बसोबास गर्दै आएका स्थानहरुमा निरिक्षण गरिएको हो।
अनुगमनका क्रममा आफ्नो आधारभूत सेवा तथा दैनिक रुपमा अत्यावश्यक रहेका सामाग्रीहरुको समेत व्यवस्थापन गर्न नसकेका परिवारहरुलाई ‘उपमेयरसँग विपन्न कार्यक्रम’ मार्फत सामाग्रीहरु प्रदान गरिनेछ।
हाल यसै नगरपालिकामा अस्थायी रुपमा बसोबास गर्दै आएका परिवारहरुलाई स्थायी ठेगानाका पालिकाहरुसँग समेत छलफ तथा समन्वय गरिने उपप्रमुख लामाले बताउनुभएको छ।
आर्थिक अवस्थाका कारण शिक्षा देखि रोजगारसम्मको अभाव खपिरहेको परिवारका बालबालिकाहरुका लागि शिक्षाको सुनिश्चितताका लागि समेत कार्य अघि बढाउने उपप्रमुख लामा बताउनुभएको छ।