बुढानीलकण्ठ नगरपालिका क्षेत्र विकास समितिले नगरभित्र रहेका धार्मिक सम्पदा र पर्यटकिय क्षेत्रहरुको अध्ययन भ्रमण गरेको छ ।

समिति अध्यक्ष विदुर विक्रम खड्काको नेतृत्वमा जेठ १७ गते बिहान ८ बजे निस्केको भ्रमण टोलि द्वारा वडा नं. ४, ६, ७, ९, ८ र ११ का विभिन्न धार्मिक मठ मंदिरहरुको अध्ययन गरेका हुन् ।

 

अध्यक्ष खड्काका अनुसार नगरपालिकाका धार्मिक मठ मंदिर तथा पर्यटकिय क्षेत्रको प्रवर्धन र संरक्षण गर्ने उद्देश्य सहित यस भ्रमण कार्यक्रम संचालन गरिएको हो । “उक्त स्थलमा रहेका ऐतिहासिक शिलालेख, मुर्ति, मंदिर जस्ता सम्पदाको संरक्षण गर्न थप योजनाहरु निर्माण गर्नका निमित्त यस भ्रमण आवश्यक रहेको थियो”, खड्काले जोड्नुभयो,” यो कार्यक्रम अन्तर्गत हामी सबै क्षेत्र समेट्दै शुक्ष्म अध्ययन पश्चात ठोस योजनाहरु कार्यनवयन गर्दै लैजानेछौँ” ।

बुढानीलकण्ठ मंदिर प्राङ्गणबाट निस्केको भ्रमण अन्तरगत वडा नं ०४ को चण्डेश्वरी मंदिर, वडा नं. कै पञ्चकन्या मंदिर एवं वनदेवि थान, वडा नं ०६ को खड्क भद्रकाली मंदिर, वडा नं ०७ को ऐतिसाहिक सहर धरमपुर, वडा नं. ०९ को कुमारी मंधिर, वडा नं. ०९ कै राधा कृष्ण मंदिर, वडा नं ०८ को लोकेश्वर महादेव मंदिर, महाँकाल मंदिर र वडा नं. ११ को चामुण्डादेवि मंदिर अवलोकन गरिएको थियो ।

भ्रमणमा अध्यक्ष विदुर विक्रम खड्का सहित समितिला सम्पुर्ण पदाधिकारी लगायत नगरपालिका कर्मचारी र साँस्कृतिक अभियानताहरु जोडिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय