बुढानीलकण्ठ नगरपालिका र रैथाने एग्रो प्रडक्टस नेपालको सहकार्यमा हरेक शनिवार विहान नगरपालिकाको प्राङ्गणमा सञ्चालन हुँदै आएको स्थानीय/रैथाने कृषि बजार वडा नं ०३ स्थित नारायणस्थान मंदिरको उत्तर तर्फ निलो पुल नजिकैको स्थानीय कृषि बजारमा सारेको छ ।
नगरपालिकाले गणतन्त्र दिवस २०८१ जेठ १५ गतेदेखि नारायण्स्थान मन्दिरको पछाडि (तपेस पार्टी प्यालेससँगै) रहेको सुविधायुक्त स्थानीय कृषि बजारबाट सञ्चालन हुने जानकारी दिएको हो ।
स्थानीय/रैथाने कृषि बजार प्रत्येक हप्ताको मंगलबार र शनिवार सञ्चालन हुनेछ । यहाँ नगरपालिकाको स्थानीय उत्पादन र देशका विभिन्न स्थानका रैथाने उत्पादन उपलब्ध हुनेछन् ।
स्थानीय कृषकसँगै उपभोक्ताको सोझै सम्पर्क हुने भएकाले स्थानीय मौलिकता सहितको ताजा तरकारी र रैथाने खाद्यान्न बजारको प्रवर्द्धन हुने सम्भावना रहेको उपप्रमुख अनिता लामाले बताँउनुभएको छ । मेहेनती/पौरखी किसान समुदाय तथा उद्योगको हौसला अभिवृद्धि हुने यस बजारको प्रवर्धन र संरक्षणको लागी सामान खरिद गरी सहयोग गरिदिनुहुन उहाँले सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।