बुढानिलकण्ठ नगरपालिकाले घरपालुवा कुकुर तथा बिरालो दर्ता गर्न सुरु गरेको छ ।
नगरपालिकाका नगरवासीहरुबाट सामुदायिक कुकुर तथा घर पालुवा कुकुरहरुले समुदाय तथा वातावरणमा असर पारेको, टोक्ने, दुर्घटना गराउने, जन-गुनासो अत्याधिक आएकोले नगरपालिकाद्वारा जारी भएको घरपालुदा कुकुर बिरालो व्यवस्थापन सम्बन्धी अनिवार्य दर्ता कार्यक्रम सुरु गरेको हो ।
नगरवासीको सहजताको लागि पशु सेवा शाखाले जेठ १३ गतेबाट कुकुर/बिरालोको दर्ता प्रमाणपत्र तथा चिप्स ( संकेत चिन्ह) वितरण गर्ने उद्देश्य सहित १३ वटै वडाहरुमा घुम्ति शिविर सञ्चालनमा ल्याएको छ ।
शिविरको तालिका अनुसार आफुले पालेको कुकुर, बिरालोहरु सम्बन्धित वडाहरुमा ल्याइ रेविज विरुद्धको खोप लगाइ र दर्ता गरी प्रमाणपत्र तथा चिप्स (संकेत चिन्ह) लगाउनु हुन नगरवासिहरुमा पशु सेवा शाखाले अनुरोध गरेको छ ।
शिविर तालिका: