बुढानीलकण्ठ नगरपालिकाको लोगो झण्डा सगरमाथामा फहराइएको छ। पर्वतारोही फुर्बा तेन्जिङ्ग शेर्पाको १६औं पटकको सगरमाथा आरोहणका क्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन प्रमुख लगायतले उनलाई यस नगरपालिकाको झण्डा तथा बुढानीलकण्ठ मन्दिरको मूर्ति समेत बिधाई गरिएको थियो।
किर्तीमानी पर्वतारोही फूर्बा तेञ्जिङ शेर्पा लगायतका टीमले सगरमाथामा यस बुढानीलकण्ठको लोगो सगरमाथाको चुचुरोमा फहराएको हो ।
पर्वतारोही फूर्बाले २० वर्षको युवा उमेरभित्रै धेरैपटक सगरमाथा आरोहण गर्ने युवा र एकै परिवारका सन्तान (फूर्बाको भाइबहिनी सबै) ले सगरमाथा सफल आरोहण गरेको लगायतका ३ वटा गिनिज वर्ल्ड किर्तीमान कायम गरेका छन् ।
उनको आफ्नै ट्रेकिङ व्यवसाय कम्पनी ड्रिमर डेस्टिनेसन प्रा.लि. मार्फत पर्वतारोहणको व्यावसायिक तालिम तथा हिमाल आरोहणको कार्य गर्दै आएका छन् ।