बुढानीलकण्ठ, जेठ ०८ गते । 

आगामी आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विधेयक तयारीको क्रममा रहेको सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकाको राजस्व परामर्श समितिको मिति २०८१/०१/१४ गतेको बैठकबाट राजस्व व्यवस्थापन सम्बन्धी विषयमा राय, सल्लाह एवं सुझाव सङ्कलन गर्ने सम्बन्धमा निर्णय भएको हुनाले नगरपालिकाको समग्र राजस्व व्यवस्थापनका सम्बन्धमा आफ्नो अमूल्य राय, सल्लाह एवं सुझाव यस नगरपालिकाको राजस्व व्यवस्थापन शाखा वा सो शाखाको इमेल [email protected] वा सम्बन्धित वडा कार्यालयमा एक्काईस (२१) दिनभित्र उपलब्ध गराई नगरपालिकाको राजस्व व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन मिति २०८१/०१/१६ गतेको सूचना बमोजिम अनुरोध गरिएकोमा उक्त सूचनाको म्याद पन्ध्र (१५) दिन थप गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय