बुढानीलकण्ठ, जेठ ०४ गते ।
बुढानीलकण्ठ नगरपालिकामा जेठ ०४ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिका प्राङ्गणमा बिहान ८ बजे देखि ११ बजे सम्म संचालन भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि लगायत नगरवासीहरुको उपस्थित भएका थिए । कार्यक्रमको सहजकर्ताको रुपमा राधाकृष्ण भण्डारी हुनुहुन्थ्यो ।
नगरपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको नगर प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम अर्यालले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले आ.व. २०८०/८१ श्रावण महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको वृष्तृत विवरण पेश गर्नुभयो । यस अघि माघ ०५ गते वडा नं ११ कार्यालय प्राङ्गणमा कर्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा १९ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्नुभयो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने नगरप्रमुख मिठाराम अधिकारीले बताँउनुभएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षततामा भएको कार्यक्रममा उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई लगायत विभिन्न विषयगत समितिका संयोजक, नगर सभा सदस्य, सुरक्षा निकाएका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।