बुढानीलकण्ठ नगरपालिकामा सुरक्षा समन्वय, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धमा स्थानीय सरकार सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।

वडा नं ०१ स्थित होटल लेमन ट्रि प्रिमियरको सभाहलमा जेठ २ गते संचालन भएको कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जिल्ला प्रशासन कार्यालय प्रमुख जितेन्द्र बस्नेत,जिल्ला प्रहरी परिसर वरिष्ठ उपरिक्षक बसन्त रजौरे, सेनानी सिजित सिलवाल खत्रि, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक पुर्ण बहादुर साउद, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक भानुभक्त लम्साल, साहयक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा, प्रमुख अनुसन्धान अधिकृत गीता पौडेल, बुढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, मालपोत कार्यालय टोखा प्रमुख केशव रिजाल, नापी कार्यालय टोखा प्रमुख शरद मैनाली लगायत नगरपालिका सम्पुर्ण वडाका वडा अध्यक्ष र नगरपालिका प्रशासनीक महाशाखा/शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा नगर सुरक्षा, अपराध नियन्त्रण र प्रशासनीक सेवा प्रवाह सम्बन्धी नगरपालिकाले संचालन गरिरहेको कार्य विवरण देखी उक्त बखतमा महसुस भएका चुनौतिहरु विच विशेष अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले आ-आफ्नो कार्य क्षेत्रमा देखिएका चुनौतिहरुबारे जानकारी दिँदै यसको लागी कानुनी समाधानबारे जिज्ञासा राखेका थिए । चुनौति र जिज्ञासाहरु प्रायजसो सार्वजनीक जग्गा, खोला-नाला संरक्षण, सुकुम्बासी व्यवस्थापन र नागरिकता र अपराध नियन्त्रण सम्बन्धी रहेको थियो ।

उपस्थित जिल्ला प्रशासन कार्यालय प्रमुख जितेन्द्र बस्नेतले जिज्ञासाहरुको सम्बोधन गर्दै नागरिकता, सार्वजनीक जग्गा लगायतका विषयको कानुनी समाधान र उपायहरुबारे जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी परिसर वरिष्ठ उपरिक्षक बसन्त रजौरेले अपराध नियन्त्रण र सुरक्षा कायम गर्ने विषयमा उठेका जिझ्यासाको सम्बोधन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय