राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सूचना अनुसार मिति २०८१/०४/०१ गतेदेखि बुढानीलकण्ठ नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित Biometric Verification अनिवार्य गरिने भएको छ ।
त्यसको लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको भए बुढानीलकण्ठ नगरपालिकामा रहेको स्टेशनमा गई राष्ट्रिय परिचयपत्र बनाउनु हुन सम्बन्धीत सबैमा जानकारी दिएको छ ।
साथै राष्ट्रिय परिचयपत्रको लागि Enrollment भएका तर राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त नभएका लाभग्राही भएमा http://citizenportal.donidcr.gov.np/citizenPortal/लिङ्क मार्फत नम्बर प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा सम्पर्क गर्नुहुन अनुरोध अनुरोध गरिएको छ ।