बुढानीलकण्ठ नगर अस्पातल २०८१ वैशाख १ गतेवाट संचालनमा आएकोले स्वास्थ्य बीमा सेवा सुचारु गर्ने अभिप्रायले २०८१ जेष्ठ १ गते देखि स्वास्थ्य बीमा दर्ता सहयोगी तथा जनप्रतिनिधिहरु स्वास्थ्य बीमा दर्ताको लागि यहाँहरुको घरदैलोमा आउँदै हुनुहुन्छ । उहाँहरुलाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ । उहाँहरुले गर्ने कार्यहरु तथा दिने सेवाहरु निम्न छन् ।
✓ समुदायका प्रत्येक घरघरमा गई स्वास्थ्य बीमावारे जानकारी गराउने।
✓ स्वास्थ्य बीमा गर्न ईच्छुक समुदायहरुको तथ्यांक संकलन गर्ने, प्रत्येक बीमितको फोटो खिच्ने, बीमा दर्ता कार्ड उपलव्ध गराउने ।
✓ पाँच जनासम्मको परिवारको लागि प्रतिवर्ष रु. तीन हजार पाँच सय (३५००/-) र प्रति थप परिवार सदस्यका लागि रु. सात सय (७००/-) रकम संकलन गर्न आउनु हुने छ । सो वापत बुढानीलकण्ठ नगर अस्पतालबाट एक वर्ष भित्र दर्ता गरिएका परिवारहरु विरामी हुनु भएमा बहिरंग (OPD), अन्तरंग (IPD), आकस्मिक सेवा (Emergency), कार्यक्रमले तोकेका निदानात्मक र परिक्षण सेवा तथा औषधी वापत प्रति परिवार रु. १००,०००/-(एक लाख) सम्मको उपचार सेवा तथा पाँच जना भन्दा थप सदस्य भएमा जनही रु. २०,०००/- (बीस हजार) गरी बढीमा वार्षिक रु. २००,०००/- (दुई लाख) सम्मको सेवा पाईन्छ ।
सो सेवाको अवधि एक वर्ष सम्मको मात्र हुनेछ । यस नगर अस्पतलाबाट पूर्णरुपमा बीमा कार्यक्रम २०८१ भदौ १ गते देखि सुरु हुने भएकोले प्रत्येक वर्षको साउन मसान्त भित्र पुनः नवीकरण गर्नु पर्ने हुन्छ । तत्पश्चातः माथि तथा तल उल्लेख गरिएका सेवा सुविधा पुनः प्राप्त गर्न सकिन्छ ।
स्वास्थ्य बीमाले तोकिएका निःशुल्क सेवा प्राप्त हुने लक्षित समूहहरुः
• प्रचलित कानून बमोजिम अति गरिवको परिचय पत्र प्राप्त परिवारको योगदान रकमको सत प्रतिशत छुट ।
• अति अशक्त अपाङ्गता (रातो कार्ड भएका), कुष्ठरोगी, एच. आई. भि. संकमित, जटिल क्षयरोग ( एम.डि.आर./एक्स.डि.आर.टि.वि.) विरामीको परिवारको योगदान रकममा सतप्रतिशत छुट ।
• सत्तरी वर्ष उमेर पुगेका जेष्ठ नगरिकको योगदान रकममा जेष्ठ नागरिकलाई एक इकाई मानी सतप्रतिशत योगदान रकममा छुट । आफुले पाउने सुविधा उपयोग गरेपछि यदि परिवारले पाउने सुविधा बाँकी रहेछ भने सो समेत उपयोग गर्न पाउनेछ ।
• समुदायिक महिला स्वास्थ्य स्वयं सेविका संलग्न भएको परिवारको योगदान रकमको पचास प्रतिशत छुट ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs