बुढानीलकण्ठको शैक्षिक गतिविधि गतिशील देखेर सुधुर पश्चिम, मधेश प्रदेश र गण्डकि प्रदेशका १८ जना प्रतिनिधिहरुले नगरपालिका भ्रमण गरेका छन् ।

सुधुर पश्छिम प्रदेश सचिव चक्रमणि पाण्डे, मदेश प्रदेशका निमित्त सचिव महेन्द्र महतो, गण्डकी प्रदेश उपसचिव तोयानाथ लमसाल र स्विस सरकारका प्रतिनिधि लगायतको समुहले बैशाख २७ गते नगरपालिका भ्रमण गरी नगर प्रमुख मिठाराम अधिकारी, सम्पु्र्ण जनप्रतिनिधि र कर्मचारीहरुसँग विशेष अन्तरक्रिया गर्नुभएको थियो ।

अन्तरक्रियाको अवसरमा नगरपालिका शिक्षा महाशाखा प्रमुख उपसचिव ललित विक्रम सिं ले नगरपालिकामा उहाँ आउनुभए पश्चात विगत २ वर्षमा गरिएका मुख्य शैक्षिक गतिविधि, योजना र कार्यक्रमबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

उपसचिव सिं ले कोभिडको समयमा प्रभावित भएको शिक्षा क्षेत्रको सुधारका  लागी गरेको सघन शिक्षण सेसन देखि मेरो विद्यालय, मेरो सपना, विद्यालय अडिट, सफताकालागी संघर्षका कथा, शिक्षक डायरी, कक्षा ५ र ८ को एचिभमेन्ट टेष्ट, १० कक्षा सम्म दिवा खाजा सेवा, सबै स्कुलमा स्काउट, बाल साहित्य महोत्सव, निजि विद्यालय निरिक्षण, टिन एज टक, प्रत्येक वर्ष करियर फेयर, हरेक शुक्रबार पर्योगात्मक सिकाई सेसन लगायतका नगर भित्र संचालन भईरहेका शैक्षिक गतिविधिबारे वृष्तृत जानकारी दिनुभएको थियो ।

उपस्थित सबैले उक्त कार्यहरुको खुलेर तारीफ गर्दै यस किसिमका उदाहरणिय कार्यलाई आ-आफ्नो क्षेत्रमा पनि संचालन गर्दै लैजाने बताँउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय