बुढानीलकण्ठ नगरपालिकाद्वारा नगरपालिका भित्र रहेका विद्यालयहरुलाई नगरपालिकाले कडाईका साथ पालना गर्न निर्देशन जारी गरेको छ ।

निर्देशनको पूर्ण पाठ:

श्री बुढानीलकण्ठ स्थित सबै संस्थागत विद्यालयहरु ।
प्रस्तुत विषयमा यस नगरपालिकाले संस्थागत विद्यालयहरुका लागि च.नं. ३३३, मिति २०८०।१२।२ गते का दिन जारी गरिएको निर्देशनलाई थप प्रष्ट पार्दै देहायका निर्देशनहरु जारी गरिएकाले पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन हुन अनुरोध गरिन्छ ।
तपसिल :
१. विद्यालयमा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुवाट मात्र भर्ना शुल्क लिन पाइने छ । एक कक्षामा भर्ना भइसके पछि सोही विद्यालयको अर्को कक्षामा भर्ना हुँदा भर्ना शुल्क लिन पाइने छैन । भर्ना शुल्क वापत एक महिनाको मासिक शुल्क बराबर हुन आउने रकम मात्र लिन पाइने छ । भर्ना शुल्क विद्यार्थीको रजिष्ट्रेशन र प्रोफाइल अद्यावधिक गर्नका लागि खर्च गर्न पाइने छ ।

२. दुई महिनाको मासिक शुल्क रकम बराबर हुन आउने रकम बार्षिक शुल्क वापत लिन पाइने छ । वार्षिक शुल्कबाट खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, पुस्तकालय, प्राथमिक उपचार र विद्यालय मर्मत संभार कार्यमा खर्च गर्नु पर्ने छ ।

३. मासिक शुल्कको ५० प्रतिसतले हुन आउने रकम मात्र परीक्षा शुल्क वापत लिन पाइने छ । परीक्षा शुल्क वार्षिक रुपमा वा किस्तावन्दीमा लिन पाइने छ ।

४. स्थानान्तरण प्रमाण पत्र शुल्क वापत रु. १०००। (एक हजार) मा नबढाइ लिन सकिने छ ।

५. विद्यालयको लोगो राखेको कपी प्रयोग गर्न पाइने छैन । कुनै पनि स्टेशनरी पसलले पनि विद्यालय विशेषको लोगो राखी कपी वेच्न पाउने छैन ।

६. विद्यालय परिसरबाट पाठ्यपुस्तक, स्टेशनरी सामान र विद्यालय पोशाक तथा झोला बेच्न प्रतिवन्ध गरिएको छ । विद्यालयले लोगोविनाको विद्यालय पोशाक प्रयोगमा ल्याउने प्रबन्ध गर्नु पर्ने छ। प्रचलित बजार मूल्य भन्दा बढी नहुने गरी कम्तिमा ३ ओटा भन्दा बढी पसलबाट विद्यालय पोशाक तथा झोला उपलव्ध हुने प्रबन्ध गर्नु पर्ने छ ।

७. शैक्षिक सत्र २०८१ मा छात्रवृतिको सूचना प्रकाशन नगरेका विद्यालयहरुले मिति २०८१ वैशाख १५ गतेभित्र सूचना प्रकाशित गरि सक्नु पर्ने छ ।

८. नगरपालिकाले निर्धारण गरेको शुल्क भन्दा बढी नहुने गरी शुल्क ढाँचा कार्यान्वयन गर्नु पर्ने छ ।

९. यस नगरपालिकाले निर्धारण गरेको शुल्क ढाँचामा समावेश नभएका विषयहरु (विशेष प्रशिक्षण शुल्क, परामर्श शुल्क, आवास शुल्क, दिवा खाजा शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण शुल्क आदि) विद्यालयको कुल अभिभावकको दुई तिहाइ अभिभावकको निर्णयबाट प्रचलित बजार मूल्यका आधारमा निर्धारण गरी लागु गर्नु पर्ने छ र सोको जानकारी नगरपालिकालाई अविलम्ब गराउनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय