पशु सेवा शाखाद्वारा प्रदान गरिएको व्यवसायिक गाइ तथा भैसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम मिति २०८० चैत्र १९ देखि २१ गतेसम्म सञ्चालन गरिएको थियो।
तीन दिनसम्म सञ्चालित व्यावसायिक पशुपालन सम्बन्धी तालिममा वरिष्ठ पशु चिकित्सक नारायण बहादुर श्रेष्ठ, व.डा.रेवतमान श्रेष्ठ, व.डा. धनराज रतला, व.डा.पशु विज्ञ बोधनाथ अधिकारी, पशु चिकित्सक काजी बहादुर श्रेष्ठ लगायत अन्य प्राविधिकहरुको प्रशिक्षण तालिम समापन गरिएको छ।
नगरपालिकाभित्र पशुपालन गर्दै आएका कृषकहरु २५ जनाले उक्त तालिम प्राप्त गरेका छन्। तालिममा कृषकहरुलाई रोगहरुसम्बन्धी, बाह्य तथा आन्तीक परजीवि नियन्त्रण, पशु आहारा व्यवस्थापन, बीमा सम्बन्धी जानकारी, बाँझोपन, थुनेलो रोग, लम्पी स्किन रोग, गाई गोठ व्यवस्थापन, सम्बन्धी जानकारी सहित प्रशिक्षण गरिएको थियो।
पशिक्षार्थी कृषकहरुलाई नगरपालिका भित्र तथा अन्य पालिकाहरुका उत्कृष्ठ पशु फार्महरुमा प्रयोगात्मक शिक्षाका स्थलगत भ्रमणका लागि समेत लगिएको थियो।
स्थलगत भ्रमण गर्दा गोकर्णेश्वर नगरपालिका डेरी फार्म साथै दुध उत्पादन र गाई भैंसी पालन व्यावसाय, गाई भैसिबाट निस्केका गोबर मलको सहि सदुपयोग गर्ने साथै गड्यौला मल बनाउने तरिका बारे फार्मका संचालक आङ फुर्वा शेर्पाले बताउनुभयो। उहाँ ६ वर्ष इजरायल गाई फार्म तथा डेरी कम्पनीमा काम गरि सो अनुभव स्वदेश फिर्ता भइ त्यसलाई निरन्तरता दिँदै आउनुभएको छ। मेहनत तथा लगनशीलताले काम गरे नेपालमा कृषि पेशामा धेरै सम्भावना रहेको बताउनुहुन्छ।