बुढानीलकण्ठ नगरपालिकाले मानवसेवा आश्रमको सेवा सहजताका लागि ७ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ ।

मानवीय कार्यमा हातेमलो गर्दै आएको बुढानीलकण्ठ नगरपालिकाले खाद्यान्न सहयोगसँगै शुक्रबार आश्रम अवलोकन समेत गरेको छ ।

नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायत बुढानिलकण्ठवासीहरुले मानवसेवा आश्रमको अवलोकन गर्नुभएको हो ।

यसो त, मानवसेवा आश्रमसँगको सहकार्यमा बुढानीलकण्ठ नगरपालिकाका सडकपेटी र सार्वजनिक स्थलहरूमा अब कोही रहने छैनन अभिभावकविहीन “जसको कोही छैन, जसको केही छैन उसको अभिभावक सरकार छ” भन्ने मुल नारा सहित २०८० चैत्र २२ गते काठमाडौं उपत्यकामै पहिलो र एकमात्र ऐतिहासिक ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बुढानीलकण्ठ नगरपालिका’ घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय