बुढानीलकण्ठमा गरिबि निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत संचालन भएको १ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ ।
उद्यम विकास शाखाको आयोजनामा माघ २८ गतेबाट संचालन भएको तालिममा विभिन्न वडाका ८ जना महिलाहरुलर तलिम लिएका छन् । तालिमको चैत्र १९ गते एक कार्यक्रम आयोजना गरी वडा अध्यक्ष सुरुन्द्र लामा, वडा नं ०१ सदस्य, वडा नं सदस्य , उद्यम विकास शाखा कर्मचारी सुरेश कार्की, उद्यम सहजकर्ता सरस्वति कुमारी लुहारको उपस्थितिमा समापन भएको छ ।
वडा नं ०१ चिल्ड्रेन पार्क स्थित सामुदायिक भवनमा सञ्चालन भएको तालिममा वडा नं १ बाट ४ जना, वडा नं ७ बाट १ जना, वडा नं १ बाट ३ जना र वडा नं ६ बाट २ जनालाई वडा अध्यक्ष सुरेन्द्र लामाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तालिममा आधारभुत तालिम लिईसकेका प्रशिक्षार्थिहरुलाई एड्भान्स प्रशिक्षण मार्फत डिजाईन कुर्ता सुरुवाल, ४ थरीका ब्लाउज र ५ थरिका पेटिकोटको डिजाईन सिलाउन सिकाईएको थियो ।