बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले ६७ औं सहकारी दिवस  “सहकारीमा सुशासनःप्रविधी र एकिकरण” भन्ने मुल नाराका साथ मनाउन लागेको छ ।

दिवसको अवसर पारेर सहकारी शाखाले चैत्र २० गते (मङ्गलबार) एक विशेष कार्यक्रम मार्फत नगरप्रमुख मिठाराम अधिकारीबाट सहकारी दर्पण स्मारिका  विमोचन गरिने भएकाले सम्पुर्ण सहकारीकर्मी एवं सरोकारवालाहरुमा उपस्थितीका लागि निमन्त्रणा गरेको छ ।

सहकारी दर्पण स्मारिका नगरपालिका कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुको गतिविधिहरु समेटेर संघीय सरकारको मोडेल (स्वेतपत्र) बमोजिम तयार पारिएको शाखाले जनाएको छ ।

चैत्र २० गते (मङ्गलबार) बिहान ७ बजे गल्फुटार स्थित बास्केटबल कोर्टबाट सुरु भई कार्यक्रम हुने मुल स्थान नगरपालिका सभाहलमा सम्म प्रभातफेरी गरीने भएकोले बास्केटबल कोर्टमा भेला हुन सबै सहकारी संस्थाहरुलाई आयोजकले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय