बुढानीलकण्ठ नगरपालिकाको पशु सेवा शाखाको अगुवाईमा नगरपालिकाभित्र व्यवसायिक रुपमा पशुपालन गरिरहेका कृषकहरुको फार्महरुको अनुगमन भइरहेको छ।
बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिखृत तुल्सीराम अर्याल, पशु स्वास्थ्य विज्ञ काजि बहादुर श्रेष्ठ, पशु सेवा शाखा प्रमुख ओम कुमारी गुरुङ, अधिकृत द्वय ओम प्रसाद वाग्ले, विष्णु प्रसाद न्यौपाने र कृषकहरुको उपस्थितिमा अनुगमन कार्य निरन्तर भइरहेको हो ।
नगरपालिकाको आ.व. २०८०/८१ को स्विकृत कार्यक्रम अनुरुप पशु तथा कृषि क्षेत्रमा प्रोत्साहन गर्नका लागी कृषकहरुलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार तथा सम्मान कार्यक्रम अन्तर्गत मुल्याङ्कन गर्नका लागि हाल अनुमगन सञ्चालन भइरहेको उपप्रमुख अनिता लामाले बताउनुभयो ।
व्यवसायिक रुपमा किसानी तथा पशुपालन गर्दै जिविकोपार्जन गर्दै आउनुभएका नगरपालिकाका कृषकहरु समेत पूरा नगरपालिकाको आर्थिक क्षेत्रमा कृषि क्षेत्रको महत्वपूर्ण योगदानहरुलाई ध्यानमा राखि उत्कृष्ट कृषकहरुलाई सम्मान गरिने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।
अनुगमन भोलि मिति २०८० चैत्र १९ गते सम्न गरि ३ दिनका लागि सञ्चालनमा रहेको छ। जसमा नगरपालिकाभित्र सञ्चालित विभिन्न १७ वटा पशु फार्महरुको नियमित अध्ययन अनुगमन भइरहेको छ ।