बुढानीलकण्ठ नगरपालिकाका यूवाहरुको लागी स्थानीय पर्यटन पथ-प्रदर्शक तालिम प्रशिक्षण (LOCAL TOUR GUIDE TRAINING) सञ्चालन भईरहेको छ ।

नगर पर्यटन वोर्डको आयोजनामा चैत्र ९ गते बाट सुरु भएको तालिममा नगरपालिका विभिन्न वडाबाट ३८ जना सहभागिहरुले प्रशिक्षण लिइरहेका छन् । तालिम वडा नं ०७ स्थित छहारी भवनमा सञ्चालन भईरहेको छ ।

नगर पर्यटन प्रवर्धन र विकासको लागी स्वदेशी तथा विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ स्थानीय यूवाहरुलाई १० दिने पथ-प्रदर्शक तालिम दिईएको वोर्डका अध्यक्ष अर्जुन पाण्डेले जानकारी दिनुभयो । सहभागिहरुलाई पर्यटन क्षेत्रका विज्ञहरुले पथ प्रदर्शकमा हुन पर्ने ज्ञान, गुण, सिप र कला सम्बन्धी सिपमुलक तालिम दिनुभएको छ ।

तालिम पश्चात सोहि यूवा जनशक्तिलाई परिचालन गर्दै पर्यटन प्रवर्धन साथ साथै यूवा स्वरोजगारको क्षेत्रमा समेत टेवा पुर्याउने  लक्ष्य रहेको पाण्डेले जोड्नुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय