बुढानीलकण्ठ नगरपालिका नगरपालिका महिला, बालबालिका ताथा समावेशिकरण शाखाद्वारा नगरपालिका भित्र रहेका महिला समुह, आमा समुह तथा लक्षित वर्गका व्यक्तिहरुलाई मानव वेचबिखन तथा ओसार प्रसार अनुसन्धान सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।

मानव वेचविखनका घटनाहरु नियन्त्रण तथा निर्कौयल गर्ने अभियान अन्तरगत नगरपालिकामा रहेका सक्रिय समुहहरुलाई लक्षित गर्दै नगरपालिकाले ४ दिने सचेतना कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिका सभाहलमा चैत्र १३ गते बाट सुरु भएको कार्यक्रम चैत्र १६ गते सम्म विभिन्न समुहका प्रतिनिधिहरुको उपस्थितिमा संचालन हुने आयोजकले जनाएका छन् ।

कार्यक्रममा प्रशिक्षण एवं सचेतना मुलक जानकारी र सन्देश दिनका लागी मानव वेचबिखन तथा अनुसन्धान ब्युरोबाट विज्ञ तथा अभियानताहरु आउनुभएको छ ।

कार्यक्रममा सहभागिहरुलाई‍ मानव वेचबिखन तथा ओसार प्रसार बारे सचेत गराउदै अहिलेको वर्तमान अवस्था र यसको कानुनी पक्षहरुका बारे जानकारी प्रदान गरिएको छ । साथै मानव वेचबिखन रहित समाज बनाउनकालागी उनिहरुको भुमिकाबारे समेत छलफल गरिएको शाखा अधिकृत पुष्पा बमले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय