बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र राखिएका अनाधिकृत साईनवोर्डहरु हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ।

बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०८० मा नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसाय/ उद्योग / कम्पनीले दर्ता/ नवीकरण भएको हकमा २० (बिस) वर्ग फुटसम्मको एउटा मात्र परिचयपाटी निःशुल्क राख्न पाउने व्यवस्था गरिएकोले सो बाहेकका विज्ञापन सामग्री नगरपालिकाको स्वीकृति लिई तोकीएको स्थानमा मात्र राख पाइने व्यवस्था भएकोले सो भन्दा बाहेकका परिचयपाटी १५ (पन्ध्र) दिनभित्र सम्बन्धित स्थानबाट हटाउनुहुन वा नगरपालिकामा स्वीकृतिका लागि निवेदन दिनुहुन अनुरोध गरेको छ।

यस अघि फाल्गुन २४ गते सार्वजनीक गरिएको सूचना बमोजिम १५ दिन म्याद दिईएको थियो । उक्त सूचनाको पुनः १५ (पन्ध्र) दिन म्याद थप गरि चैत्र २२ गते सम्ममा सम्पुर्ण व्यवस्थापन गर्नहुन  नगरपालिकाले जानकारी दिएको छ ।

सूचनाको अवज्ञा गरी त्यस्ता परिचयपाटी नहटाएमा वा स्वीकृतिका लागि तोकिएको समयावधी भित्र निवेदन नदिएमा प्रचलित कानुन बमोजिम दोब्बर दस्तुर लिई जुनसुकै समयमा त्यस्ता अवैध ढंगले राखिएका परिचय पाटी हटाउने तर्फ कारबाही प्रक्रिया अगाडी बढाइने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय