
बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको आ.व.२०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत साझेदारीमा माछा प्रर्वद्वन कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान गरिएको छ ।
नगरपालिकाभित्र रहेका इच्छुक / समुह/सहकारी, संस्थाहरु, निजी माछा फार्महरुले सूचना प्रकाशन भएको १५ दिनभित्र (चैत्र २१ गते सम्म) नगरपालिका पशु सेवा शाखामा आवश्यक कागजात सहित प्रस्ताव पेश गर्नुहुन नगरपालिकाले जानकारीको दिएको छ ।
रीत नपुगी दर्ता भएका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौट प्रक्रियामा समावेश हुन सक्ने छैन ।
प्रस्ताव पत्रकासाथ संलग्न हुनु पर्ने कागजातहरु :
१. नागरिकताको प्रतिलिपि ।
२. निजी क्षेत्र/समुह/सहकारी संस्था दर्ता प्रमाणपत्र तथा नविकरण गरेको प्रतिलिपि ।
३. स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र प्रतिलिपि तथा गत आ.व. को कर चुक्ताको प्रतिलिपि ।
४. कार्यान्वयन स्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रतिलिपि ।
५. भाडामा लिएको भवनको हकमा कम्तिमा ५ वर्षको करारनामा वा सम्झौता गरिएको प्रतिलिपि ।
६. पशु सेवा शाखाले तोकेको ढाँचाको निवेदन ।
७. कार्यकमको कार्य योजना तथा लागत इष्टिमेट ।
८. सम्बन्धित वडाको सिफारिस ।
९. प्रस्तावमा उल्लेखित एउटै प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्य संघ संस्थाबाट सोही कामको लागि सहयोग लिए नलिएको स्वघोषणापत्र पेश गर्नु पर्नेछ ।
१०. कुनै पनि सरकारी निकायबाट दण्ड जरिवना नभएको वा कार्वाहीमा नपरेको हुनुपर्ने ।