बुढानीलकण्ठ नगरपालिकामा बसोबास गर्नुहुने द्वन्द्व पीडित तथा प्रभावित महिला एवं बालबालिकाको विवरण पेश गर्नुहुन नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।
महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन प्रयोजनको लागी बुढानीलकण्ठ नगरपालिकामा बसोबास गर्दै आइरहनु भएका द्वन्द्व पीडित तथा प्रभावित महिला एवं बालबालिकाको विवरण आवश्यक भएकोले २०८० चैत्र २३ गते सम्म आवश्यक कागजात सहित नगरपालिकाको महिला बालबालिका तथा समावेशीकरण शाखामा विवरण पेश गर्न हुन सम्बन्धीत सबैलाई सूचना मार्फत नगरपालिकाले जानकारी दिएको छ ।
संग्लन गर्नुपर्ने कागजातहरुः
-नागरिकता/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी )।
– द्वन्द्व पीडित वा प्रभावित भएको प्रमाणित गर्ने कागजात।