बूढानीलकण्ठमा फागु पुर्णिमा (होली) पर्वको रौनक सुरु भैसकेको छ । होली अर्थात रङ्गहरुको पर्व  आईतबार नेपालभर मनाइदै छ ।

नजिकिदैँ गरेको होलिको पावन अवसरमा बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख उद्दव प्रसाद खरेलले नगरपालिकाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

हिन्दुहरुको रंगिन पर्व होलिलाई आत्मियता, प्रेम, सद्भाव र रमाईलोका साथ मनाउनु हुन आग्रह गर्दै पर्व मनाउँदा भिडभाड नगरी सकेसम्म आ-आफ्नै घर भित्र रहि मनाउन र अनिवार्य रुपमा कोभिड रोकथाम तथा नियन्त्रणको लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहुन सम्पुर्ण नगरवासीहरुमा अपिल गर्नु भएको छ ।

यस संगै बूढानीलकण्ठ नगरपालिका सुरक्षा निकाय महानगरिय प्रहरी प्रभाग बूढानीलकण्ठ निरिक्षक राजकुमार तामाङ्  र महानगरिय प्रहरी प्रभाग कपनका निरिक्षक शेखर जंग मल्लले पनी सुरक्षा निकायको तर्फबाट होलि पर्वको शुभकामना व्यक्त गर्नु भएको छ ।

कपन प्रभाग प्रमुख शेखर जंग मल्लले होलि पर्व मनाउँदा जिल्ला प्रसाशन कार्यालयबाट प्रकाशित भएको सुचनाका आधारमा सामाजिक दुरी कायम गरि, अनावश्यक भिड भाड\जमघट नगर्न,  अरुको ईच्छा विपरित रङ्ग तथा पानी नछर्न र सुरक्षा निकायको निर्देशन पालना गर्नुहुन सबैमा अनुरोध गर्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय