बूढानीलकण्ठ, जेष्ठ ११ गते । बूढानीलकण्ठ नगरपालिकामा कोरोनाबाट १३०० जना (६१३ महिला र ६७८ जना पुरुष) संक्रमण मुक्त भएका छन् । पछिल्लो चौविस घण्टामै १०३ जना निको भएको जानकारी प्राप्त भएको छ । यस संगै नगरपालिकामा निको भएको दर ७९.१२ प्रतिशत रहेको छ ।
जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदन अनुसार नगरपालिकामा सक्रिय संक्रमित ३३४ जना छन् । सक्रिय संक्रमित मध्य २७० जना होम आईसोलेसनमा छन् भने ३४ जना पुरुष र ३० जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
जनस्वास्थ्य महाशाखा को विवरण अनुसार हाल सम्म नगरपालिका भित्र ७९० जना महिला र ८५३ जना पुरष गरी कुल १६४३ जनामा संक्रमण देखिएको छ ।
जेष्ठ ११ गते मंगलबार मात्र ६७ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्य ३९ जना महिला र २८ जना पुरुष रहेका छन् ।
महाशाखाको विवरण अनुसार बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ९ जना(३ महिला र ६ पुरुष)को मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीएको छ ।
यस संगै नगरपालिकामा जेष्ठ ०३ गते देखि सुरु भएको कोभिड भेरोसेल दोस्रो मात्राको खोप १०७०२ जनाले(५४०८ महिला र ५२९४ पुरुष) लगाएका छन् ।
घुम्ति स्वास्थ्य चौकि र कपन स्वास्थ्य चौकि बाट सोमबार र बिहिबार भईरहेको एन्टिजेन (ANTIGEN) परिक्षणमा १३५२३ वटा परिक्षण भईसकेको छ । जसमा ३५१ पोजिटिभ र १००१ नेगेटिभ देखिएको छ ।
नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।
जेष्ठ ११ गते मंगलबारको वडागत विवरणः
वडा नं ०१ मा (३४,३८ वर्षिय) २ पुरुष,
वडा नं ०२ मा (२४,४६ वर्षिया) २ महिला र (७६ वर्षिय) १ पुरुष,
वडा नं ०३ मा (१५,१६,४०,६२,६९ वर्षिया) ५ महिला,
वडा नं ०४ मा (२६,६४,६५ वर्षिया) ३ महिला र (३२ वर्षिय) २ पुरुष,
वडा नं ०५ मा (२८ वर्षिया) १ महिला,
वडा नं ०६ मा (१५,५३,११ वर्षिया) ३ महिला र (११ वर्षिय) १ पुरुष,
वडा नं ०७ मा (६,२७,२७ वर्षिया) ३ महिला र (६१ वर्षिय) १ पुरुष,
वडा नं ०८ मा (११,२६,३३,३४,३६,३९,७६,७८ वर्षिया) ८ महिला र (३४,५४,७० वर्षिय) ३ पुरुष,
वडा नं ०९ मा (१२,३८,४५,४८,५५,६१ वर्षिया) ६ महिला र (२१,२८,३१,५० वर्षिय) ४ पुरुष,
वडा नं १० मा (२४,२७ वर्षिया) २ महिला र (२७,२९,३०,३०,३५,५०,६१,६१ वर्षिय) ८ पुरुष,
वडा नं ११ मा (२०,२४,२४,७७ वर्षिया) ४ महिला र (१०,२९,२९,४४,७२ वर्षिय) ५ पुरुष,
वडा नं १२ मा (२६,३४,४५ वर्षिया) ३ महिला र (२०,२२ वर्षिय) २ पुरुष,
वडा नं १३ मा शुन्य संक्रमित ।
हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः
वडा नं ०१ मा १४ महिला र ३० पुरुष,
वडा नं ०२ मा ४७ महिला र ६१ पुरुष,
वडा नं ०३ मा ५० महिला र ५५ पुरुष,
वडा नं ०४ मा ५५ महिला र ५३ पुरुष,
वडा नं ०५ मा २७ महिला र २५ पुरुष
वडा नं ०६ मा ४५ महिला र ५२ पुरुष,
वडा नं ०७ मा ४६ महिला र ४१ पुरुष,
वडा नं ०८ मा १०९ महिला र ११० पुरुष,
वडा नं ०९ मा ९५ महिला र ९१ पुरुष,
वडा नं १० मा १४७ महिला र १७६ पुरुष,
वडा नं ११ मा ६८ महिला र ६९ पुरुष,
वडा नं १२ मा ७४ महिला र ८१ पुरुष र
वडा नं १३ मा १३ महिला र ९ पुरुष गरी कुल ११२८ जना संक्रमित भएका छन् ।
महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।
प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ ।