बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ मा सामुदायिक भवन निर्माण हुदैँ छ । वडा नं ०२ को बँदेलिटोल र महादेवखोलामा एकै चोटि दुई- दुई तल्लाको सामुदायिक भवन निर्माण हुन लागेको हो ।

वडा नं ०२ मा रहेका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्दै समुदायले उपभोग गर्न मिल्ने गरी सेवा मुलक सामुदायिक भवन निर्माण योजना सुरु गरिएको हो ।

बँदेलिटोलमा करिव १ रोपनी क्षेत्रफलमा रहेको  सार्वजनिक जग्गा विगत केहि बर्ष देखि एक स्थानीयले व्यक्तिगत रुपमा उपभोग गर्दै आएको अवस्थामा वडा कार्यालय र  व्यक्ति बिच सहमति अनुसार उक्त जग्गामा सामुदायिक भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनु भयो ।

यस्तै महादेवखोलामा  पनी व्यक्तिगत प्रायोजनको लागी बालि लगाँई रहेको सार्वजनिक जग्गामा वडा र व्यक्तिको सहमतिमा सामुदायिक भवन निर्माण हुन लागेको खड्का बताँउनुहुन्छ । सहमतिको वार्ता गर्दा दुई वटै पक्षका स्थानीयहरुको सकारात्मक समन्वय रहेको अध्यक्षले जोड्नु भयो ।

सामुदायिक भवन निर्माणको लागी नगरपालिका आर्थिक बर्ष २०७७\७८ को बार्षिक स्विकृत कार्यक्रमबाट  २०- २० लाख  बजेट  विनियोजिन भई निर्माण कार्य सुरु गरिएको हो । वडा सदस्य राजेन्द्र श्रेष्ठका अनुसार दुई तल्लाको हुने सार्वजनिक भवनहरुमा क्रियापुत्रि बस्न मिल्ने , समुदायमा भएका युवा\ज्येष्ठ नागरिक तथा महिला समुहहरुको सेमिनार, गोष्ठी, भेला, तालिम जस्ता कार्यक्रमहरु गर्न मिल्ने गरी डिजाईन भएको छ ।

बँदेलिटोल सामुदायिक भवन निर्माण उपभोक्ता समिति र महादेवखोला सार्वजनिक जग्गा सिमाङ्कन तथा ट्रस निर्माण उपभोक्ता समितिले क्रमशः बँदेलिटोल सामुदायिक भवन र महादेवखोला सामुदायिक भवन निर्माण गर्ने जिम्मा लिएको छ । चैत्र देखी सुरु भएको भवन निर्माण कार्य आर्थिक बर्ष २०७७\७८ को अन्तिम सम्म सम्पन्न हुने गरी उपभोक्ता समिति र वडा कार्यालय बिच सम्झौता भएको छ ।

वडा नं ०२ स्थित रुद्रेश्वर मंदिरको क्रियापुत्रि भवन, खरेल टारको ज्येष्ठ नागरिक भवन, बाढेपाखामा रहेको वासिक मरन पाटि भवन, भंगालको सामुदायिक भवन र अहिले निर्माण प्रकृयामा रहेको  दुई वटा सामुदायिक भवन गरी वडा भित्र ६ वटा सार्वजनिक भवनहरु हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय