काठमाडौंको बाहिरी अबस्थित बूढानीलकण्ठ नगरपालिका पहिले पहिले काँठको नामले परिचित थियो । काँठको परिभाषा अन्तर्गत सहरी व्यवसाय भन्दा फरक अर्थात कृषी व्यवसायलाई नै प्राथमिकतामा राखिने गरिन्छ, र त्यो कृषी केही व्यापारिक प्रायोजन र केही निर्वाहमुखी गरी मिश्रितन हुने गर्दछ । त्यसैकारण यो नगरपालिकाको नक्सामा भूभाग कृषीमा रहेको देखिन्छ । तर हाल यो भाग पूर्णतः कृषीमा मात्र नभएर बसोबास सँग पनि मिश्रित छ ।
नगरपालिकाको दक्षिणी भागमा घना जनआवदी थपिदै नयाँनयाँ घर तथा आवास निर्माणले यस नगरपालिकाका बसाईँ सरी आउनेको सङ्ख्या बढेको देखिन्छ । पछील्लो २ दशक यता नगरपालिकामा जनसङ्ख्याको तिब्र विस्तार भएको छ । संगै नगर पार्श्वचित्र, २०७५ अनुसार नगरपालिकाको कुल जनसङ्ख्या १५६३२९ छ । जसमध्ये महिला ७८५७१ र पुरुष ७७७४८ रहेको छ ।
कुल क्षेत्रफल ३४.८० वर्ग कि.मी. रहेको नगरपालिका उत्तरी अक्षांश २७०४३’१९” देखी २७०४८’५०” र पूर्वी देशान्तर ८९५०२०’९” देखि ८५०२३’२६”८ सम्म छ। जसमा आवास तथा वस्ती क्षेत्र १२.६८ , कृषी क्षेत्र ६.८ , वन क्षेत्र ९.८७ , घाँसे क्षेत्र ०.२२ , झाडि क्षेत्र ५.००४ , नदीनाला तथा पोखरी ०.१७ र अन्य बगर तथा भीर क्षेत्र ०.०२ वर्ग कि.मी. रहेको छ ।
समुद्र सतह देखि १२८९- २७३२ मी. उचाई सम्म भएको यस क्षेत्र गर्मियाममा अधिकतम ३२ डिग्री सेन्टिग्रेड र र हिउँदमा न्युनतम ३ डिग्री सेलसियस सम्म तापक्रम पुग्ने गरेको पाईन्छ । बर्ष भरीमा सरदर १२०० मिलिमिटरसम्म वर्षा हुने गर्दछ । मूलतः यहाको हावापानी समशीतोष्ण प्रकारको छ ।
यस नगरपालिकाको अवस्थिति उत्तरको शिवपुरी संरक्षण क्षेत्रसम्म फैलिएका कारण नगरपालिका भएर पनि यसमा झण्डै ४२ प्रतिशत भन्दा बढी भूभाग वनजङ्गल र बूट्यान छ। शिवपुरी राष्ट्रिय नोकुञ्ज रहेकै कारणले गर्दा यस क्षेत्रमा विभिन्न प्रकारका वनस्पति तथा वन्यजन्तुहरु पनी पाईन्छ।