
बुढानीलकण्ठ नगरपालिका श्रम समन्वय समितिको आयोजनामा नगरमा सुचिकृत श्रमीकहरुका लागि वडा नं. ०२ मा काष्ठ हस्तकला तालिम सञ्चालन भईरहेको छ । तालिम वडा नं. ०२ गाम्चास्थित क्रियापुत्री भवनको हलमा सञ्चालन हुँदै छ ।
असार ०३ गते उपमेयर अनिता लामाको नेतृत्वमा आर्थिक विकास महाशाखा प्रमुख केदार कुमार खड्का, प्रधामन्त्री रोजगार कार्यक्रम संयोजक राजिव गौतम र श्रम डेस्क सहजकर्त कविता पुरीको उपस्तितिमा अनुगमन भएको थियो ।
तालिममा १६ जना सहभागीले काष्ठ हस्तकलाबाट बनाउन सकिने वभिन्न वस्तुहरुको व्यवहारीक सिप सिक्दै छन् ।