बुढानीलकण्ठ नगरपालिका, वडा नं. ३ अन्तर्गत रहेका दुई प्रमुख स्थानहरू— बुढानीलकण्ठ बसपार्क र चपली घुम्ती फल्चामा आज २०८२ असार २ गते कपडा बैंक र स्ट्रिट मिनी लाइब्रेरी केन्द्रहरू स्थापना तथा सञ्चालन भएका छन्। यसले सामाजिक सहयोग, शिक्षा र पुनर्चक्रणलाई बढावा दिने अपेक्षा गरिएको छ।

मिनी लाइब्रेरीमा पुस्तक सहयोग यस मिनी लाइब्रेरी परियोजनामा आशिक बस्नेत र रोशन पराजुलीले सहयोग गरेका छन्।

वडा समितिको तर्फबाट उनीहरूलाई आभार व्यक्त गरिएको छ। साथै, स्थानीय नागरिकहरूलाई पनि फल्चामा बसेर पुस्तक पढ्न तथा आफ्ना अतिरिक्त किताबहरू मिनी लाइब्रेरीमा राख्न आह्वान गरिएको छ।

कपडा बैंकमा सामग्री दान कपडा बैंकमा साथै, नविग्रेका र नच्यातिएका सफा लुगाहरू, ब्याग, धुएर राख्न वा दान गर्न पनि अनुरोध गरिएको छ। यसले गरिब तथा आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग पुग्ने अपेक्षा छ।

यस अभियानले समुदायमा पढाइको संस्कृति बढाउनुका साथै पर्यावरण मैत्री पहललाई प्रवर्धन गर्ने उद्देश्य राखेको छ। स्थानीय नागरिकहरूको सहभागिताले यसलाई अझ सफल बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय