बुढानीलकण्ठमा देशको लोकप्रिय खेल तेक्वान्दोका खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुन लागेको छ ।

बुढानीलकण्ठ खेलकुद विकास समिति र नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको संयुक्त आयोजनामा तथा जिल्ला समन्वय समितिको संयोजक्त्वमा हुन लागेको यस प्रतियोगिता वैशाख १७ र १८ गते बुढानीलकण्ठ नगरपालिका वडा नं. ८, गोल्फुटार बास्केटबल कोर्ट को प्राङ्गणमा हुन लागेको बुढानीलकण्ठ खेलकुद विकास समिति संयोजक सुमन तामाङले जानकारी दिनुभयो ।

लिग चरणको आधारमा हुने प्रतिगोगिताको खेलहरुमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहहरु साथै महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउने छन् । हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा उपत्यका बाहिरका खेलाडीहरुलाई मात्र अर्को लिगमा खान, बस्न र यातायात लगायतका खर्च आयोजकले बेहोर्ने व्यवस्था छ ।

समग्रमा लिग भरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ। हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

आज भएको पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकि, उपप्रमुख शान्ति पण्डे, बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास समिति संयोजक सुमन तामाङ, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी लगायत खेल प्रशिक्षक तथा खेलाडिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय