जेष्ठ २०, बूढानीलकण्ठ । 

 

आर्थिक वर्ष २०७८/०७९ काे याेजना तथा विकास कार्यमा सहभागी हुनका लागि नगरवासी तथा सराेकारवालाहरूले यहि जेष्ठ ३० गते भित्र सम्बन्धित वडा कार्यालय, नगर कार्यपालिकाकाे कार्यालय र इमेल ठेगाना (budhanilkanthamun@gmail.com) मार्फत आफ्नाे लिखित याेजना पठाउनु पर्ने छ । 

आफ्नाे टाेल बस्तीहरूकाे याेजनाका पठाउदा के के खुलाउन पर्छ ?

१. तर्जुमा गर्नुपर्ने निति, कार्यक्रम

२. याेजनाकाे नाम

३. आवश्यक बजेट

४. कार्यक्रमकाे औचित्यता 

समान एंव आवश्यक विकास कार्यका लागि नगरबासी तथा सराेकारवालाहरूकाे सहभागीता निकै महत्वपूर्ण भएकाेले वार्षिक याेजना तर्जुमामा सहभागी हुनका लागि नगरप्रमुख उद्धव खरेलले सम्पूर्णमा अपिल गरेका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय