बूढानीलकण्ठ, माघ ०५ गते । 

हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बूढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।

पर्वको अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-सँस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाको मुल आयोजनामा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष कार्यक्रम हुन लागेको जानकारी आज सञ्चारकर्मी भेटघाट कार्यक्रम  मार्फत नगरपालिकाले सार्वजनिक गरेको हो ।

नगरपालिका स्वयंको आयोजनामा हुन लागेको कार्यक्रम व्यवस्थापनको लागी उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । जस अन्तरगत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति रहेका छन् ।

 

ल्होछार पर्वको दिन माघ ०८ गते (आईतबार) बिहान नगरपालिकाका विभिन्न स्थानमा जम्मा भई र्याली सहित वडा नं ०८ स्थित गोल्फुटार बास्केटबल मैदानमा भेला हुने संयोजक अनिता लामाले जानकारी दिनु भयो ।

र्यालीमा जम्मा हुने स्थानहरुः

  • वडा नं १,२,३,४ र ५- नारायण्स्थान स्थित मिलचोकमा भेला हुने,
  • वडा नं ६ र ७- हात्तिगौडा चोक,
  • वडा नं ०८ र ०९- गोल्फुटार स्थित वडा नं ०८ कार्यालय भवन,
  • वडा नं १०, ११, १२ र १३- कपन ह्याण्डबल मैदान ।

“कार्यक्रममा नगरपालिकाका तामाङ्ग, शेर्पा, राई, नेवार, ब्राहमण लगायत विभिन्न जातिय\धार्मीक समुदायबाट मौलिक कला, सँस्कृति तथा भेषभुसाहरु प्रदर्शन हुनेछन्”, उपप्रमुख लामाले जोड्नुभयो, “कार्यक्रम स्थलमा स्थानीय सँस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका लागी मञ्च राखिने छ” ।

 

नगर प्रवक्ता नवराज भट्टराईको नेतृत्वमा भएको आजको सञ्चारकर्मी भेटघाट कार्यक्रममा नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिका कर्मचारी, कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको  ‍उपस्थिति रहेको थियो ।

ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्नेसग गासिएको छ । सोनाम लोसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ ।

यस कार्यक्रममा उपस्थित भई स्थानीय चाड पर्वहरुको संरक्षण र प्रवर्धनमा सहयोग गर्नुहुन सम्पुर्ण नगरवासीहरुमा आयोजक समितिले निमन्त्रणा गरेको छ ।

कार्यक्रममा स्टल राख्न निःशूल्क व्यवस्थापन गरिएको छ । स्टल तथा अन्य व्यवस्थापकिय जानकारीका लागी उपसमिति संयोजक दोर्जे लामा (फोन नं ९८४१२०८१३५) र स्टल बुकिङ संयोजक दिलिप थिङ् (फोन नं ९८५१०१४१७३) लाई सम्पर्क गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।

मूल व्यवस्थापन समिति 

संयोजक : अनिता लामा 

१.मन्च व्यवस्थापन उपसमिति

संयोजक : सुमन तामाङ

सदस्य : दिलिप थिङ्ग

सदस्य : कर्ण लामा

२.आर्थिक तथा प्रसासन उपसमिति

संयोजक : विजय तामाङ

सदस्य : सुरेन्द्र लामा

सदस्य :विकास तामाङ

३.सांस्कृतिक उपसमिति

संयोजक : राजु तामाङ

सदस्य :धोर्जे तामाङ

सदस्य :सुजन तामाङ

४.प्रचार प्रसार तथा सुचना संचार उपसमिति

संयोजक : उज्वल तामाङ

सदस्य :बसन्त तामाङ

सदस्य : बुद्धि तामाङ

५. खाध्य व्यवस्थापन उपसमिति

संयोजक : दिलिप तामाङ

सदस्य : श्रीमान तामाङ

६. स्वयंसेवक व्यवस्थापन उपसमिति

संयोजक : कर्ण लामा

सदस्य : रण बहादुर तामाङ

सदस्य :श्री लामा

सदस्य : हेब्सिबा तामाङ

सदस्य ; रंजित लामा

७.सांस्कृतिक र्याली तथा झाँकी व्यवस्थापन उपसमिति

संयोजक : प्रेम बहादुर तामाङ

सदस्य : दिपक तामाङ

सदस्य :सुमन तामाङ

सदस्य :श्याम तामाङ

सदस्य : मिलन तामाङ

सदस्य : रोहित तामाङ

८. पुजा व्यवस्थापन उपसमिति

संयोजक : इन्द्र लामा

सदस्य :कृष्ण बहादुर तामाङ

सदस्य :भिम बहादुर तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय