बूढानीलकण्ठ, पौष २६ गते । 

बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम पून: सुरु गरेको छ ।

बूढानीलकण्ठमा छाडा पशु व्यवस्थापन ठूलो चुनौती बन्दै गएको बेला छाडा चौपाया व्यवस्थापनका लागि पशु सेवा शाखाले वडा नं ०२ सुन्दरटार स्थित अस्थायी संकलन केन्द्र निर्माण गरी जम्मा गर्ने गरेको छ । संकलन केन्द्रमा हाल ४८ ओटा गाई जम्मा भएका छन् ।

 

जम्मा भएका मध्य ३० ओटा गाईगोरुहरुलाई ओखलढुङ्गा जिल्ला स्थित सिद्धिचरण नगरपालिका वडा नं ०२ को माग अनुसार नम्बरीङ  गरी पठाउने तयारीमा पशु सेवा शाखा लागेको छ ।

सिद्धिचरण नगरपालिका वडा नं ०२ का अध्यक्ष अनुसार उक्त गाईगोरुहरु वडाका कृषकहरुले प्रजनन र खेत-बाली जोत्नको लागी प्रयोग गर्नेछन् ।

नगरपालिकाको सडकमा भेटिने गाईहरू दूध दिन छाडेपछि र रोगी तथा बूढो भएपछि अलपत्र छोडिएका हुन्छन् । “गाईले गोरु पाए पछि अथवा दूध दिन छाडेपछि गाईगोरु पाल्नेहरू नै गाईलाई फाल्ने योजनामा लाग्छन् अनि गाईहरू सडकमा अलपत्र छाडिन्छन्”, पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठले बताँउनुभयो,”यस्ता कुनै समस्याको समाधानका लागी गाईलाई अलपत्र पार्नु भन्दा हामि सँग समन्वय गरेर अन्य उपाय मार्फत उचित व्यवस्थापनमा जुट्न पर्छ” । यसको लागि सबै पशुपालन कृषकहरुलाई श्रेष्ठले अनुरोध समेत गर्नु भएको छ ।

तत्काललाई अस्थायी संरचना बनाएर व्यवस्थापन गर्न थालिए पनी यसलाई छिट्टै दिगो रुपमा गौशाला बनाएर व्यवस्थापन गरिने तयारीमा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

  हाल संकलन केन्द्रको रेखदेख र व्यवस्थापनको लागी थुलुङ कृषि तथा पशुपालन फर्म सँग सम्झौता भई काम भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय