बूढानीलकण्ठ, पौष २५ गते ।

नेपाल भलिबल संघ द्वारा आयोजित ७ औं एन.भि.ए भलिबल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै बुढानिलकन्ठ भलिबल क्लबले सहभागी जनाएको छ ।

प्रतियोगितामा‌ भाग लिने खेलाडिहरुको लागि बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सहयोगमा क्लबका खेलाडीहरुलाई  जर्सि हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमका बिच नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराई द्वारा क्लबका अध्यक्ष सुबर्ण थापा मगर लाइ जर्सी हस्तान्तरण गर्नुभएको हो ।

प्रवक्ता भट्टराईले सम्पुर्ण खेलाडीहरुलाई बिजयको कामना सहित सफलताको शुभकामना दिनु भएको थियो ।

७ औं एन.भि.ए भलिबल प्रतियोगिता पौष २४ गते बाट सुरु भएको थियो । टिम बूढानीलकण्ठले पहिलो खेल आज टिप टप हेल्प नेपाल क्लब संग खेलेको थियो भने दोस्रो खेलमा पौष २६ गते (भोलि) बेलुका ६ बजे मधेश प्रदेश संग भिड्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय