बूढानीलकण्ठ, पौष २२ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढनीलकण्ठ मन्दिर आसपासको घरमा एक व्यक्ति मृत फेला परेको छ ।

घटनास्थलमा मृतकका साथ एक थान चक्कु भेटिएको छ । मृतकको छाति र पेटमा धारिलो चक्कु प्रयोग भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

खबर पाएपछि गएको नेपाल प्रहरीको टोलिले उक्त क्षेत्र सिल गरि अनुसन्धानको प्रक्रिया अगाढि बढाएको जानकारी दिएको छ।

करिव ३ बजेको समयमा उक्त घटना भएको थाहा पाएपछि स्थानियले बूढानिलकण्ठ प्रहरी प्रभागमा खबर गरेका थिए ।

घटनाको अवस्था हेर्दा आत्महत्या अथवा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृत्यु हुने व्यक्ति हुने व्यक्ति सनाखत भएको छ।मृतक ४५ बर्षीय प्रेम गुरुङ मुस्ताङ जिल्ला घर भैइ हाल बूढानिलकण्ठ नगरपलिका -३ मा बस्दै आएका थिए । मृतकको पत्नी र ७ बर्षीय छोरा साथमा बस्दै आएका थिए ।

प्रहरीले मुचुल्का गरी मृतकको शरीरलाई पोस्ट मार्टमका लागि त्रि .वि शिक्षण अस्पताल लागिएको छ र पोस्ट मार्टमको रिपोर्ट पश्चात थप जानकारी दिईने जानकारी प्रहरीले दिएको छ ।

(बि.एस.जि न्युज)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय