बूढानीलकण्ठ, पौष २१ गते । 

बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयहरुको दोश्रो त्रैमासिक परीक्षा पश्चात मिति २०७९।०९।२४ गतेदेखि २०७९।१०।०२ सम्म हिउँदे विदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले भर्खरै संचालनमा ल्याएको शिकाई क्षति न्यूनिकरणका लागि सघन शिक्षण सिकाई कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने भएकोले ९ दिन मात्र विदा दिने निर्णय गरेको हो ।

सो पश्चात अन्य दिनहरुमा नियमित विद्यालय सचालन गर्ने निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनुहुन शिक्षा,युवा तथा खेलकुद महाशाखाले सबै सामुदायिक विद्यालयहरुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय